काठमाडौं-सांसदहरुले संसदमा कुनै सामान तोडफोड गरेमा आफैंले क्षतिपूर्ति तिनुपर्ने नियम बन्ने भएको छ ।
नियमावली मस्यौदा समितिका सदस्यहरू प्रतिनिधिसभाको नियमावली परिमार्जनका क्रममा समिति सांसदले कुनै भौतिक क्षति पुर्याए उनैबाट भराउने व्यवस्था राख्न एकमत भएका हुन् । विगतमा सांसदहरुले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको इतिहास छ ।
संसदमा भएका तोडफोडका घटनालाई ख्याल गरेर प्रतिनिधिसभा नियमावली २०७५ मा पनि कुनै सांसदले संसद बैठकमा भौतिक क्षति पुर्याए स्वयंबाट भराउने व्यवस्था राखिएको थियो । जसलाई यसपटक पनि निरन्तरता दिन लागिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।