काठमाडौं– नागरिकता नलिएका कारण सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक घण्टा वार्ता गरेका छन् ।
बिहीबार बिहान करिब ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लै पुगेका लामिछाने झन्डै एक घण्टापछि बाहिरिएका थिए । भेटवार्ताका क्रममा उनले उप्रधानसहित गृहमन्त्री दोहोर्याएर आफैँलाई नियुक्त गर्न आग्रह गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने प्रक्रिया टुंगिएपछि नियुक्त गर्न आफूले ढिला नगर्ने र त्यतिन्जेल धैर्य गरेर बस्न आग्रह गरेका थिए ।
‘तपाईंमाथिका आरोप छानबिनपछि गृहमन्त्री तपाईं नै हुने हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ आउन दिनोस्, राहदानीमा तपाईंमाथि उठेको प्रश्नको छानविब हुन दिनोस् ।’
प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रास्वपाबाट अरू व्यक्तिलाई पनि बनाउन नमिल्ने बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।