शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देउवा निवासमा कांग्रेस बैठक, यस्तो छ एजेन्डा

देउवा निवासमा कांग्रेस बैठक, यस्तो छ एजेन्डा

  • मिडिया डबली
  • बिहिवार, माघ १९ २०७९

  • 3.8K
    SHARES

  • देउवा निवासमा कांग्रेस बैठक, यस्तो छ एजेन्डा

    काठमाडौं - नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसिरहेको छ ।

    बिहान ९ बजे बोलाइएको बैठक पौने १० बजेदेखि सुरु भएको हो । बैठकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार चयन गर्नेलगायत एजेन्डा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललगायत उपस्थित छन् ।

    राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा माघ २३ गते हुँदैछ । राष्ट्रिय सभामा कांग्रेसको बहुमत नभए पनि उम्मेदवार बनाउने कि माओवादीको उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।

    आजको बैठकमा समसामयिक राजनीति र राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुने बुझिएको छ । वर्तमान गठबन्धनमा विवाद सुरु भइसकेकाले कांग्रेसले उपयुक्त र सर्वमान्य नेतालाई राष्ट्रपतिको उम्मेदवार बनाउने नेताहरुले बताइसकेका छन् ।

    यस विषयमा आजको बैठकमा छलफल हुने भएको छ । निर्वाचन आयोगले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend