बुधवार, चैत्र १५ २०७९Mar 29 2023

Logo
images

रविको पार्टीमा भयंकर विवाद, देखियो प्रष्ट दुई धार 

रविको पार्टीमा भयंकर विवाद, देखियो प्रष्ट दुई धार 

  • मिडिया डबली
  • बुधवार, माघ १८ २०७९


  • रविको पार्टीमा भयंकर विवाद, देखियो प्रष्ट दुई धार 

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीमा सरकार बारे विवाद देखिएको छ। सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेमा रास्वपामा दुई धार देखिएको हो ।

    गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा तत्कालका लागि ब्याक भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह नपाए सरकारबाट बाहिरिने चेतावनी सभापति रवि लामिछानेले दिएका थिए ।

    images
    images

    तर, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग भेट गरेपछि सभापति लामिछाने सरकारबाट बाहिरिने चेतावनीबाट पछि हटेका हुन् । रास्वपा स्रोतका अनुसार मन्त्री भएकाहरूले तत्काल सरकारबाट बाहिरिन नहुने दबाब सभापति लामिछानेलाई दिएका थिए ।

    ‘मन्त्रीज्यूहरू सरकारबाट बाहिरिन नहुने पक्षमा हुनुहुन्छ,’ रास्वपाका एक नेताले भने । तर, सभापति लामिछाने भने गृह नपाए प्रतिपक्षमा बस्ने सोचमा छन् ।

    तर, प्रधानमन्त्री प्रचण्ड तत्काल रास्वपालाई गृह दिन तयार छैनन् । अदालतको पूर्ण पाठ नआएसम्म र राहदानी विवाद नसल्टिएसम्म रास्वपालाई गृह नदिने अडानमा छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९०९:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend