काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेकाे छ। रवि माथि राहदानी दुरुपयोगको आरोपमा उजुरी परेको हाे।
सिन्धुलीका युवराज पाैडेलले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जाहेरी दिएका हुन्। यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए।
अदालतले रविको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएको थियो। सर्वोच्च अदालतले अवैध भनेको नागरिकताकै आधारमा उनले राहदानी बनाएको र जतिबेला उनीसँग दोहोरो पासपोर्ट रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी छानविन गर्न जाहेरीमा माग गरिएको छ।
रविले २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। अमेरिकी पासपोर्टवहाक उल्लेखित रवि लामिछानेले अमेरिकाको नागरिक रहेकै अवस्थामा आफन्त भेट्ने गरी पारिवारिक भिसामा नेपाल आएको बखत सर्वोच्चले अवैध भनेको नागरिकताकै आधारमा राहदानी बनाएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०५० फागुन १० गते जारी १८२२२ नम्बरको पूरानो नागरिकता प्रमाणपत्रकै प्रतिलिपि राहदानी विभागसमक्ष पेश गरी त्यही कायम नरहेको नेपाली नागरिकताको विवरण राखी नेपाली राहदानी लिएर दुरुपयोग गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।
रविले राहदानी ऐनको प्रचलित व्यवस्था विपरीत जानी जानी झुटो विवरण दिई २०७२ जेठ १३ गते ०८८३४८३८ नम्बरको नेपाली राहदानी लिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।