आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

आज साँझसम्म गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने रविको प्रचण्डलाई चेतावनी

आज साँझसम्म गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने रविको प्रचण्डलाई चेतावनी

  • मिडिया डबली
  • मंगलवार, माघ १७ २०७९

  • 3.8K
    SHARES

  • आज साँझसम्म गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने रविको प्रचण्डलाई चेतावनी

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार साँझसम्म गृहमन्त्री नियुक्त गर्न अल्टिमेटम दिएका छन् ।

    यदि आज साँझसम्म गृहमन्त्री नियुक्ति नगरे सरकारबाट बाहिरिने लामिछानेले प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेर रविले यस्तो चेतावनी दिएका हुन् । रविको सांसद पद खारेज भएसँगै उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखेका छन् । अहिले प्रचण्ड गृह आफैंले राख्ने मनस्थितिमा देखिएका छन् । तर एमाले अध्यक्ष केपी ओलीले रविलाई पुनः गृहमन्त्री नियुक्त गर्न दबाब दिइरहेका छन् ।

    ओलीकै सल्लाहअनुसार रविले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर साँझसम्मको अल्टिमेटम दिएको स्रोतले बताएको छ । रास्वपा सरकारबाट बाहिरिएमा प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा भने पर्ने छैन ।

    किनभने प्रचण्ड अल्पमतमा पर्न १३८ भन्दा तल सांसदको संख्या हुनुपर्छ । तर अहिले प्रचण्डसँग दुई तिहाइ बढीको समर्थन छ । सोही कारण रास्वपा सरकारबाट बाहिरिँदैमा आकाश नै नखस्ने विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend