आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सत्ता गठबन्धनमा भयंकर ठूलो खटपट, एमाले र माओवादी टाढिँदै !

सत्ता गठबन्धनमा भयंकर ठूलो खटपट, एमाले र माओवादी टाढिँदै !

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 4.2K
    SHARES

  • सत्ता गठबन्धनमा भयंकर ठूलो खटपट, एमाले र माओवादी टाढिँदै !

    काठमाडौं– वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको छ। सत्ता सहकार्य सुरु गरेको एक महिनामै गठबन्धनमा किचलो देखिएको हो। पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ। सत्ता गठबन्धन निर्माण गर्दाको सहमतिअनुसार नेकपा एमालेलाई राष्ट्रपति दिन प्रचण्डको आनाकानीसँगै गठबन्धनमा समेत दरार आउनसक्ने संकेत देखिएको हो ।

    माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको दुई दलबीच भएको थियो । त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् । तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डको भाका फेरिन थालेपछि एमाले झस्किएको छ ।

    प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय माओवादीले लिएको छ, जुन एमालेलाई स्वीकार्य छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवार उठाउने घोषणा गरिसकेका छन् ।

    औपचारिक रुपमै निर्णय गरेर माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमाले नेताहरु झस्किएका छन् । प्रचण्डले सहमतिबाट पछि हटेर धोका दिन खोजेको उनीहरुको बुझाइ छ । यद्यपि, पार्टीले कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।

    यता, माओवादीभित्र भने राष्ट्रपति एमालेलाई कुनै हालतमा छोड्नु नहुने मत बलियो छ । सहमतिको पालना गर्दा साढे दुई बर्षपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै एमालेको हुने र आफूहरु अप्ठेरोमा पर्न सक्ने माओवादी नेताहरुको बुझाइ छ । प्रचण्ड पनि एमालेलाई राष्ट्रपति दिन चाहँदैनन् । गठवन्धनलाई दाउमा राखेर भए पनि आफू अनुकुल राष्ट्रपति बनाउने रणनीति उनको छ ।


    त्यसो त सत्ता गठबन्धनको बिषयलाई लिएर अहिले माओवादीभित्र दुई धार देखिएका छन् । पार्टी उपाध्यक्षद्रय कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत एमालेलाई राष्ट्रपति दिन नहुने अडानमा छन् । आवश्यक पर्दा कांग्रेस नेतृत्वको गठबन्धन ब्यूउँताउनुपर्ने सम्मको रणनीतिका साथ उनीहरु कांग्रेससँग संवादमा छन् ।

    नागरिकता मुद्दा हारेर रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालयको बिषयमा पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मतभेद देखिएको छ । खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले गुमाएका थिए ।

    तर, अहिले नागरिकता लिइसकेपछि उनलाई पुरानै जिम्मेवारीमा फर्काउनेबारेमा प्रचण्ड र ओलीबीच सहमति बन्न नसकेको हो । यो बिषयमा आइतबार साँझ पनि दुई नेताबीच छलफल भएको थियो ।

    गैरसांसदलाई पनि संविधानअनुसार ६ महिना मन्त्री बनाउन मिल्ने प्रावधान अनुसार ओलीले लामिछानेलाई पुरानै जिम्मेवारी दिन प्रचण्डमाथि दबाब बढाइरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने अहिले रिक्त रहेको गृहमन्त्रालय आफैं राख्ने पक्षमा छन् ।

    अहिलेको सरकारमा महत्वपूर्ण मन्त्रालय माओवादीले पाउन सकेको छैन । गृहजस्तो मन्त्रालय प्रधानमन्त्रीकै पार्टीसँग रहनुपर्ने तर्क माओवादी नेताले गर्न थालेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०५:५०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend