काठमाडौं– नेकपा माओवादी केन्द्रका नेताहरुले गृह मन्त्रालय फेरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नहुनेमा जोड दिएका छन्।
माओवादीका नेताहरुले गृह मन्त्रालय आफैंले राख्नुपर्ने बताएका हुनु। पार्टीको पदाधिकारी बैठक बोल्ने अधिकांश नेताहरुले यस्तो बताएका हुन्।
छलफलमा उनले गृह मन्त्रालयबारे के गर्ने भनेर जिज्ञासा राखेका छन् । पदाधिकारी बैठक सकिएपछि गृह मन्त्री को भन्ने प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बनेपछि थाहा हुने’ जवाफ दिए । बुधबार बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुने उनको भनाइ छ ।
रवि गैर सांसद भएकाले उपप्रधानसहित गृहमन्त्री बनाउँदा सरकारको छविमा प्रश्न उठ्ने तर्क सहित माओवादी नेताहरुले गृहमन्त्री आफैंसँग राख्न प्रचण्डलाई सुझाव दिएका छन्। नागरिकता विवादमा रवि लामिछानेले सांसदसहित उपप्रधान तथा गृहमन्त्री गुमाएका थिए । उनले आइतबार पुनः नागरिकता लिएर पार्टीको सभापति बनिसकेका छन् । रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा परेकाले अब दाबी गरिरहुनपर्ने बताइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।