आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी बैठकमा गृहमन्त्रालयबारे छलफल, रविको इच्छामा ब्रेक लाग्ला? 

माओवादी बैठकमा गृहमन्त्रालयबारे छलफल, रविको इच्छामा ब्रेक लाग्ला? 

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 2.0K
    SHARES

  • माओवादी बैठकमा गृहमन्त्रालयबारे छलफल, रविको इच्छामा ब्रेक लाग्ला? 

    काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।

    पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए। माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।

    रास्वपाबाट सभापति रवि लामिछाने यसअघि उपप्रधान एवं गृहमन्त्री थिए। गत शुक्रबार नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै उपप्रधान र गृह मन्त्रीबाट उनले राजीनामा दिएका थिए।

    आइतबार नेपाली नागरिकता कायम गरेसँगै लामिछाने रास्वपा सभापति भइसकेका छन् भने उनले प्रधानमन्त्रीलाई भेटेर आफूलाई गृह मन्त्रीमा पुनस् नियुक्ति गर्न आग्रह गरिरहेका छन्।

    माओवादीभित्र भने महत्वपूर्ण मन्त्रालय पार्टीसँग नरहेको भन्दै गृह मन्त्रालय राख्न प्रधानमन्त्रीमाथि दवाव छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend