आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले नेताहरू रवि लामिछानेको उदयमा असन्तुष्ट, सुरु भो खटपट

एमाले नेताहरू रवि लामिछानेको उदयमा असन्तुष्ट, सुरु भो खटपट

  • मिडिया डबली
  • बिहिवार, माघ १२ २०७९

  • 3.8K
    SHARES

  • एमाले नेताहरू रवि लामिछानेको उदयमा असन्तुष्ट, सुरु भो खटपट

    काठमाडौं - निर्वाचनको मतपरिणाम आएलगत्तै एमाले अध्यक्ष केपी ओलीले जनताले कुनै पनि दललाई बहुमत नदिएर गल्ती गरेको टिप्पणी गरेका थिए ।

    हंग पार्लियामेन्ट लामो समयसम्म नटिक्ने उनको दाबी थियो । अझ राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको उदयले त ओलीलाई निकै ठूलो झड्का दिएको थियो । अघिल्लो निर्वाचनमा एक्लै ८० सिट जितेको एमाले ४४ सिटमा खुम्चिएपछि नेताहरू खुसी छैनन् ।

    एकाएक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समीकरण फेरेपछि एमाले नेताहरूको मुुहार हँसिलो हुन थालेको हो । तर नयाँ सरकारमा रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनको चर्चा परिचर्चा एमाले नेताहरूलाई फिटिक्कै खुसी छैनन् भन्ने कुरा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुष्टि गरेका छन् ।

    एमालेका उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना नेता र सरकारको आलोचना गरेर उदाएको बताएका छन् । एमाले स्कुल विभागले बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले दुई खालका पार्टीहरू सतहमा देखिए ।

    एउटा पपुलिष्टहरू उनीहरूको खास आइडोलोजी देखिँदैन । तर, हिजोको सत्ता, सरकार, पार्टी र नेताहरूलाई आलोचना गरेर आएका छन् ।’ रास्वपा सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले आलोचना र असन्तुष्टिको जगमा खडा भएका पपुलिजम, लोकप्रियतावादी शक्ति भएको उनको टिप्पणी थियो ।

    ‘पछिल्लो समय उदाएकाहरू भोलि कुन ढंगले अगाडि बढ्छन् । हामीले केही समय पर्खिनुपर्नेछ । यहाँ मात्रै नभएर अन्य देशमा पनि यस्ता शक्ति उदाएर पछि ठूलो समस्या निम्त्याएका छन् । त्यसको पछिल्लो उदाहरण युक्रेन हो ।

    युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की एउटा टिभी शोका कमेडियन थिए । तर, अहिले उनी राष्ट्रपति भएपछिको नीतिहरूले युक्रेनलाई कहाँ पुर्‍याएको छ,’ ज्ञवालीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend