काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले नियम र प्रक्रियाभन्दा बाहिर केही पनि नगर्ने भन्दै कतैबाट पनि दबाब नदिन आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख पदको निर्वाचनअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा ९एमाले०का सांसद लक्ष्मी महतो कोइरीको नाम नलिईकन हत्या अभियुक्त सांसदलाई पक्राउ गर्न र सभामुखको निर्वाचनमा सहभागी नहुने ग्यारेन्टी गर्न ध्यानाकर्षण गराएका थिए ।
उनको ध्यानाकर्षणपछि एमालेका सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्ने प्रस्तावको समर्थन गर्न गएका गृहमन्त्री लामिछानेले जवाफका क्रममा यस्तो बताएका हुन् ।
‘एकजना माननीयज्यूले हत्या अभियुक्तलाई पक्राउ गर्न मेरो ध्यानाकर्षण गराउनुभयो । गृह मन्त्रालय विधि र प्रक्रियाभन्दा बाहिर केही पनि गर्दैन । मैले यसअघि पनि भनेको थिएँ, कतैबाट पनि प्रभावित पार्ने र दबाब सिर्जना गर्ने काम नगर्नु होला,’ गृहमन्त्री लामिछानेले भने, ‘निष्पक्ष रूपमा काम गर्ने वातावरण बनाइदिनुहुन आग्रह गर्दछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।