काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।
पुस १० मा गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले भोलि विश्वासको मत दिन आग्रह गरेका हुन् । देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ ।
आन्तरिक छलफलका लागि भोलि विहान ८ बजे पदाधिकारी बैठक बोलाइएको भानुले बताए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पदाधिकारीसँग छलफलपछि भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।