आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अभिनेत्री सुरक्षा पन्तले रवि लामिछानेलाई भित्तामा पुर्‍याइन्, समर्थक रिसले धुँवा !

अभिनेत्री सुरक्षा पन्तले रवि लामिछानेलाई भित्तामा पुर्‍याइन्, समर्थक रिसले धुँवा !

  • मिडिया डबली
  • आइतवार, पौष २४ २०७९

  • 5.8K
    SHARES

  • अभिनेत्री सुरक्षा पन्तले रवि लामिछानेलाई भित्तामा पुर्‍याइन्, समर्थक रिसले धुँवा !

    काठमाडौं– गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी लिएपछि सामाजिक संजाल तातिएको छ। हिजोका दिनमा  हुँदा अन्यलाई ‘पिर्के सलामी’ भन्दै उडाउने रवि लामिछाने गृहमन्त्री बनेपछि आफैँ पिर्के सलामी लिएपछि उनको आलोचना भइरहेको छ।

    यसैक्रममा अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् ‘पिर्का’ शीर्षकमा कविता लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखिन्। पन्तले कविता सामाजिक संजालमा राखेपछि रविका समर्थक आक्रोशित बनेका छन्। 

    हेर्नुहोस् कविता 

    “पिर्का”

    के रहेछ पिर्काको कथा

    जसले पनि बोलेको हुन्छ

    के रहेछ हिमालमा

    जो पनि चढेको देखिन्छ

    पिर्का र हिमालमा केही त फरक हुन्छ

    नत्र हिमाल चढेपछि

    हिमालहरु,अरु,आँखा जुधाउँछन्

    आफूतिर बोलाउँछन्

    अनि गुनगुनाउँछन् आँटको गाथा

    चिसो हावाले गाला चिमोट्छ यसरी

    कति खेर! झरम जस्तो हुन्छ, तल्तिर

    लाज लागेर नि!

    केही त अलौकिक छ उचाइमा

    पिर का!

    ओर्लन जान्ने

    ताल परे चढ्दिन जा!

    भन्ने मान्छे

    नभएर त पक्कै होइन?

    यो त एउटा कालखण्ड, जसको घमण्ड१

    कठै!  बानी बन्दै हो

    प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो

    हामी आफै भन्दो हो?

    “इतिहासको अगाडी कसैको केही लाग्दैन”

    चुनि चुनि बुनि बुनि पठाएका

    आफ्नै मुटुका टुक्रा उभिँदा पनि

    पिर्का फित्तिकै भाँचिदैन।

    मानौं! 

    स्वदेशी रोजगारी

    स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!

    यता चढे उता बढे भने

    खेतहरु बाँझो नहुने तयारी

    के भो त अनि?

    पिर्काहरु अझै बन्नु पर्छ ।

    जुन हेर्दा मैदान जस्तो होस्

    या होस् सूर्यमुखी फूल सरी

    संरचना यसको फेरिनै पर्छ।

    कम्तिमा पनि अन्जुली जस्तो त होस्

    जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend