आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

देउवाले खेल्दैछन् डेन्जर खेल, प्रचण्ड रेड जोनमा पर्ने खतरा! 

देउवाले खेल्दैछन् डेन्जर खेल, प्रचण्ड रेड जोनमा पर्ने खतरा! 

  • मिडिया डबली
  • शुक्रवार, पौष २२ २०७९

  • 12.8K
    SHARES

  • देउवाले खेल्दैछन् डेन्जर खेल, प्रचण्ड रेड जोनमा पर्ने खतरा! 

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अर्कै खेल खेल्न थालेको छ। दाहालले प्रतिनिधि सभामा पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। तर कांग्रेसले दाहालले विश्वासको मत नपाउने अवस्था सिर्जना गर्ने प्रयास थालेको छ। 

    सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुई दलका अध्यक्षहरूले भने सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरिरहेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले पछिल्ला दिनहरूमा देउवासँग संवाद गरिरहेका छन्।

    संसदमा राप्रपाका १४ र जसपाका १२ सांसद छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरे पनि यी दुबै दल सरकारमा सहभागी छैनन्।

    सरकारमा सहभागी हुनका लागि राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका दिन बिदा दिने कुरा न्यूनतम साझा कार्यक्रममा समेट्नु पर्ने, उपप्रधानसहित चार मन्त्रालय पाउनु पर्नेलगायत सर्त राखेको छ।

    अहिलेको सत्ता गठबन्धनमा यस्ता सर्त राखिरहेको राप्रपाले प्रतिपक्षी कांग्रेससँग पनि संवाद गरिरहेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निकट स्रोतका अनुसार कांग्रेससँग विभिन्न प्रस्तावमा छलफल भइरहेको छ।

    राप्रपाका एक उच्च पदाधिकारीका अनुसार कांग्रेसले राप्रपालाई अहिलेको गठबन्धन छोडे केन्द्र सरकारमा उपप्रधानमन्त्री, बागमती प्रदेशमा मुख्यमन्त्री र अन्य पदहरूमा सहमति गर्न सक्ने प्रस्ताव पठाएको छ। बागमती प्रदेशमा राप्रपाका १३ सांसद छन् भने काग्रेसका ३७ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद चाहिन्छन्।

    यसैबीच पछिल्लो समय कांग्रेसले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री अफर गरेको चर्चा पनि चलेको छ। 
    यता जसपा अध्यक्ष उपन्द्र यादव भने देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन्। बिहीबार उनले देउवासँग छलफल गरेका थिए। धुम्बाराही भेटमा देउवा–यादवबीच के(के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। देउवाले शुक्रबार नेकपा एकिकृत समाजवादीका सांसदहरुसँग समेत छलफल गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend