आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

यस्तो रहेछ बालुवाटारको अन्तिम बैठकमा प्रचण्डले देउवालाई राखेको सर्त

यस्तो रहेछ बालुवाटारको अन्तिम बैठकमा प्रचण्डले देउवालाई राखेको सर्त

  • मिडिया डबली
  • बिहिवार, पौष २१ २०७९

  • 12.6K
    SHARES

  • यस्तो रहेछ बालुवाटारको अन्तिम बैठकमा प्रचण्डले देउवालाई राखेको सर्त

    काठमाडौं - नेपाली राजनीतिमा अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच के कुरा नमिलेर गठबन्धन भाँडियो भन्ने विषय सर्वाधिक चासो बनेको छ ।

    यस विषयमा न त प्रचण्ड, न त देउवाले नै मुख खोलेका छन् । आफूले राखेको प्रस्ताव नमानेको भन्दै पुस १० गते बालुवाटारबाट बाहिरिएका प्रचण्ड बालकोट पुगेर केपी ओलीको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

    आफूहरूले प्रचण्डले राखेको प्रस्तावलाई हल्का ढंगले लिँदा गठबन्धन टुटेको अहिले कांग्रेस संस्थापन पक्षले स्वीकार गरेको छ । स्वयं कांग्रेस सभापति देउवाले पनि यसबारे गम्भीर भूल भएको महसुस गरेका छन् । प्रधानमन्त्रीबाट हटेको तीन दिनपछि बालुवाटार छाडेर धुम्बाराहीस्थित निवासमै बसिरहेका देउवाले विस्तारै सक्रियता बढाएका छन् ।

    उनले पार्टी निकट नेताहरूसँग भेटघाट गर्ने, छलफल गर्ने, भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतको गृहकार्य गरेका छन् । देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई संगठनलाई पूर्णता दिन इतर पक्षका नेताहरूसँग छलफल थाल्न निर्देशन पनि दिइसकेका छन् ।

    सत्ता गुमेको ह्याङबाट कांग्रेसका नेताहरू अहिले विस्तारै खुल्न थालिसकेका छन् । सबैले अहिले के त्यस्तो कारण थियो, प्रचण्ड पहिले नै प्रधानमन्त्री बन्न चाहेको कारण खोजिरहेका छन् ।

    यस विषयमा देउवाले आफू निकट नेताहरूलाई कुरा चुहाउन थालेका छन् । कांग्रेस नेताहरूका कारण पुस १० गतेको बालुवाटार बैठकमा प्रचण्डले पहिलो कार्यकाल आफू दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि तीन वर्ष देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

    तर देउवाले सुरुमा आफू दुई वर्ष प्रधानमन्त्री बन्ने र पछि तीन वर्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । प्रचण्डले आफूलाई अहिले नै श्रीमती सीता दाहालले प्रधानमन्त्रीको रुपमा देख्न चाहेकाले जसरी पनि बन्नुपर्ने विवशता प्रकट गरेका थिए ।

    तर कांग्रेस नेताहरूले यसलाई गम्भीर ढंगले नलिँदा बुमर्याङ भएको अनुमान गरिएको छ । प्रचण्डले कांग्रेस नेताहरूसँग जे प्रस्ताव गरेका थिए, त्यही प्रस्ताव एमाले अध्यक्ष केपी ओलीसमक्ष राखेका थिए ।

    ओलीले तत्काल केही नसोची प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर समर्थन जनाइदिए । कांग्रेस नेताहरू प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुन राष्ट्रपति कार्यालय शीतल निवासमा चिठी पुगेको खबर सुनेपछि मात्र होसमा आएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend