आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सातै प्रदेशमा संसदीय दलको नेता देउवा पक्षका

सातै प्रदेशमा संसदीय दलको नेता देउवा पक्षका

  • मिडिया डबली
  • सोमवार, पौष १८ २०७९

  • 5.7K
    SHARES

  • सातै प्रदेशमा संसदीय दलको नेता देउवा पक्षका

    काठमाडौं– संसदीय दलको नेता चयन भएका ६ वछ्टा प्रदेशमा कांग्रेसको संस्थापन पक्ष हाबी भएको छ । सुदूरपश्चिम बाहेकका प्रदेशमा संसदीय दलको नेता चुनिँदा दुई स्थानमा मात्रै संस्थापनइतरले उम्मेदवार बनाएको थियो ।

    प्रदेश १ मा केदार कार्की र गण्डकीमा भोजराज अर्याल बाहेक अन्यत्र संस्थापनइतरले उम्मेदवार बनाएन । सुदूरपश्चिममा संस्थापनइतरका सांसदको संख्या न्यून रहेकाले उक्त प्रदेशमा उम्मेदवार बनाउने सम्भावना नरहेको प्रदेशका नेताहरु बताउँछन् ।

    प्रदेश १ मा संसदीय दलका उम्मेदवार उद्धव थापालाई संस्थापन पक्षको साथ थियो । नेता कृष्णप्रसाद सिटौला पक्षधर थापालाई सभापति देउवाले पनि साथ दिएका थिए । थापा १८ मत ल्याएर दलको नेतामा चुनिइसकेका छन् ।


    सभापति नै थापाका पक्षमा उभिएपछि देउवा निकट उम्मेदवार अमृत अर्यालले मात्रै २ मत पाए । मधेस प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षबीच मै प्रतिस्पर्धा भयो । संस्थापनइतरले उम्मेदवारी दिने आँट गरेन । सभापति देउवा र नेता बिमलेन्द्र निकट दुई जनाले प्रतिस्पर्धा गरे ।

    देउवा पक्षबाट प्रदेश सभापति समेत रहेका कृष्णप्रसाद यादव उम्मेदवार बनेका थिए । निधि निकट रामसरोज यादव संसदीय दलको नेताका लागि भिडे । अघिल्लोपटक संसदीय दलको नेता रहेका रामसरोजलाई देउवा पक्षीय कृष्ण यादवले हराइदिए ।

    पार्टी सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्षका केन्द्रीय नेताहरु बहादुर सिंह लामातिर खुलेपछि इन्द्र बानियाँ पराजित हुन पुगेका छन् । दोस्रोपटक संसदीय दलको नेता चुनिने प्रयासमा बानियाँका लागि संस्थापन पक्ष नै बाधक बन्यो । लामाले २१ मत पाएर निर्वाचित हुँदा बानियाँले १६ मत पाए । सभापति देउवाले फोन गरेर नै बहादुर सिंह लामालाई जिताउन निर्देशन दिएको प्रदेश सांसद मीना पोखरेलले बताइन् ।

    शेखर–गगन पक्षलाई गण्डकीमा आफ्नो समूहबाट संसदीय दलको नेता चुनिने आशा थियो । १३ पुसमा बसेको उक्त पक्षको बैठकमा गण्डकीमा आफ्नो समूहले जीत निकाल्ने आकलन गरिएको थियो । उपसभापति धनराज गुरुङले स्याङ्जा–२ को प्रदेश सभा १ बाट निर्वाचित भोजराज अर्याललाई उम्मेदवार बनाउनुपर्ने अडान राखे । अर्यालले जित्ने गुरुङको दाबी अनुसार उनलाई प्रतिस्पर्धी बनाइएको थियो ।


    तर गत बुधबार भएको निर्वाचनमा अर्यालले आफ्नो पक्षको मत समेत बचाउन सकेनन् । देउवा पक्षीय सुरेन्द्र पाण्डे १८ मत ल्याएर निर्वाचित हुँदा अर्यालले ८ मतमा चित्त बुझाउन पर्‍यो । एक मत भने बदर भएको थियो ।

    लुम्बिनी प्रदेशमा प्रतिस्पर्धा भएको भए संस्थापन पक्ष नै भिड्ने अवस्था थियो । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी आकांक्षी थिए ।

    आइतबार साँझसम्म अन्य आकांक्षी प्रतिस्पर्धाबाट पछि हट्न तयार भए पनि रज्जाक चुनावको पक्षमा देखिए । सोमबार निर्वाचन हुने गरी कार्यतालिका समेत प्रकाशित गरिसकिएको थियो । बिहान बसेको बैठकमा भने रज्जाक पनि सर्वसम्मत चौधरीलाई नेता चयन गर्न तयार भए ।

    कर्णालीको मुख्यमन्त्री बन्ने आशा सहित प्रदेश सभाको उम्मेदवार बन्न राजीवविक्रम शाह तयार भएका थिए । संस्थापन पक्षीय उनले दोस्रो कार्यकालका लागि जीवनबहादुर शाहीलाई बाटो छाडे । शाह र शाही दुबै जना संस्थापन पक्षका केन्द्रीय सदस्य हुन् ।

    सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का शाहीको पक्षमा देखिएपछि राजीवले प्रतिस्पर्धा गर्ने आँट नगरेको प्रदेश तहका एक नेता बताउँछन् । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहेका शाही पुनः सोही पदमा दोहोरिन चाहेका छन् । केन्द्रमा भएको सत्ता समीकरणले कर्णालीमा एमाले र माओवादी केन्द्रको सरकार बन्ने अवस्था छ ।

    अघिल्लो पटक ६ सांसद रहेको कांग्रेसले यसपटक प्रदेश सभा सदस्य बढाएर १४ जना बनाएको छ ।
    सुदूर पश्चिममा कांग्रेसका १९ सांसदमा इतर पक्षमा २ जना मात्रै खुलेका छन् । संस्थापन पक्ष नै हाबी रहेकाले देउवा पक्षकै चयन हुनेमा शंका छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend