काठमाडौं– प्रदेश १ को संसदीय दलको नेतामा हार व्यहोरेपछि अमृत अर्याल आक्रमक भएका छन्। उनी पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरुद्ध आक्रमक बनेका हुन्। शनिबार उनले आफूलाई हराउन देउवा र कार्की नै सक्रिय बनेको आरोप लगाएका छन्।
‘म ०३५ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय भएर लागिरहेको छु, यो समयमा म ८ पटक जेल परेको छु,’ अर्यालले भने, ‘पछिल्लो समयमा मलाई पार्टी सभापति शेरबहादुर देउवा र ज्ञानेन्द्रबहादुर कार्कीको टिम आश्वासन दिनुभएको थियो र मैले उठ्ने तयारी गरेँ तर उहाँहरुले त्यो अनुसार काम गर्नु भएन्।’
गत शुक्रबार दलको नेतामा विजयी हुने दाबीसहित मनोनयन दर्ता गरेका अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मत नै पाएनन्। उनको समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिइन्।
देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको बुझाई छ।
गच्छदारले दलको नेताको निर्वाचनमा थापालाई समर्थन गरेका थिए। दलको नेतामा पराजित भएपछि शनिबार पत्रकार सम्मेलन गर्दै अर्यालले दलको नेतामा भएको आफ्नो पराजयको सम्पूर्ण दोष पूर्व सूचना तथा सञ्चारमन्त्री कार्कीलाई लगाएका हुन्। अर्यालले दलको नेतामा कार्कीकै डिजाइनमा आफूलाई हराएर मानमर्दन गरेको समेत बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।