काठमाडौं– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोट गर्न शनिबार बिहानदेखि बसेको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरि बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले जानकारी दिए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताको लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेका थिए ।
अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्ज समेत रहेका भट्टलाई समर्थन गरेका छन् । तर भाटले दलको नेतामा आफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना उच्च छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएको हुँदा माओवादीमा दलको नेता बन्न नेताहरुबीच हानथाप बढेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।