शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

जनार्दन शर्मालाई व्यंग्य हान्दै अर्थमन्त्रालय छिरे पौडेल 

जनार्दन शर्मालाई व्यंग्य हान्दै अर्थमन्त्रालय छिरे पौडेल 

  • मिडिया डबली
  • सोमवार, पौष ११ २०७९

  • 4.5K
    SHARES

  • जनार्दन शर्मालाई व्यंग्य हान्दै अर्थमन्त्रालय छिरे पौडेल 

    काठमाडौं– सोमबार अर्थ मन्त्रालयमा दिनभरजसो चहलपहल रह्यो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालका कामबारे जानकारी दिन सोमबार अपरान्ह पत्रकार सम्मेलन गरे । उनको बर्हिगमनसँगै साँझ नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयमा इन्ट्री गरे । मन्त्रालयमा सचिव कृष्णहरि पुष्करसहित मातहतको निकायका प्रमुख र कर्मचारीले पौडेललाई स्वागत गरे । कार्यकक्षमा आफ्नो पहिलो निर्णय स्वरुप अर्थ मन्त्रालय र मातहतका निकायलाई डिजिटलाइज गर्ने विषयको फाइलमा हस्ताक्षर गरे ।

    त्यसपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए । त्यसक्रममा उनले अर्थतन्त्र संकटको डिलमा रहेपनि काबु बाहिर नरहेको बताए । उनले यसको समाधानका लागि सरोकारवाला निकायसँग बसे छलफल गर्ने समेत बताए । पदभार ग्रहणपछि मन्त्रिपरिषद् बैठकमा जान हतार भएका उनले अर्थ मन्त्रालयको हलमा करिब १५ मिनेट बिताए । जहाँ उनले कर्मचारीलाई निर्देशन दिने कार्यक्रम राखिएको थियो । सो क्रममा उनले प्रारम्भमा आफ्नो आगमनको परिस्थितिबारे बोले । त्यसपछि कर्मचारीलाई फकाउने कोसिस गरे । उनले पूर्वाग्रह नराखी काम गर्ने भन्दै अर्थ मन्त्रालयलाई असफल हुने छुट नरहेको बताए ।

    त्यसपछि उनले सांकेतिक भाषामा पारदर्शितालाई जोड दिने बताए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको थियो । यद्दपि संसदीय विशेष छानविन समितिबाट यो पुष्टि हुन सकेन । अर्थमन्त्री पौडेलले यसै विषय तर्फ संकेत गर्दै उनले व्यंग्य कसे । उनले भने, ‘म पारदर्शितामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २८ २०७७०७:०२:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend