काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको भएको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।