शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

  • मिडिया डबली
  • शुक्रवार, पौष ८ २०७९

  • 4.0K
    SHARES

  • बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

    काठमाडाैँ – नेपालका दुई पुर्व परराष्ट्रमन्त्रीहरूले नेपालले बिआरआई मार्फत कुनै ऋण लिनु नहुने बताएका छ्न्। नेकपा एमालेका उपमहासचिव तथा पुर्ब परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रवक्ता एवम् पुर्वपरराष्ट्र मन्त्री प्रकाश महतले आज शुक्रबार ‘सेन्टर फर सोसीइयल इन्क्लुजन एण्ड फेडेरसन’ आयोजना गरेको ‘जियोपोल्टिक्स एण्ड बिआरआई इन साउथ एसीया’ विषयको छलफल कार्यक्रममा बोल्दै सो धारणा राखेका हुन्। 

    पुर्वपरराष्ट्र मन्त्री ज्ञवालीले ‘बिआरआई’काे वित्तीय पक्षको बारेमा हालसम्म कुनैपनि छलफल नै नभएकाे खुलासा समेत गरेका छ्न्।  ‘बिआरआई’ले ‘नेपाललाई ऋणको पासोमा पार्ने' आशंका भैरहेकै बेलामा उनले सो खुलासा गरेका हुन्। बिआरआईको वित्तीय वयवस्थापनबारे छलफल सुरु नहुँदा शंका उत्पन्न भएको ज्ञवालीले इंकित गरेका हुन् । 

    ज्ञवालीले भने,"हामीले भर्खर ९ वटा प्रथमिकताका क्षेत्र टुङ्ग्याएका छौँ। चीनसँग उक्त क्षेत्रलाई कसरी अघि बढाउने भन्ने वित्तीय पक्षको विषयमा कुनै छलफल सुरु भएको छैन। हाम्रो प्रथमिकता अनुदानबाटै काम बढाउने हो। तर ऋण लिनु पर्दा पनि नेपालको हित हुने र सहज हुने किसिमले छलफल गर्नुपर्छ।"

    त्यस्तै, पुर्वपरराष्ट्र मन्त्री महतले पनि ज्ञवालीको धारणामा सहमति जनाउदै नेपालले बिआरआईको लागि ऋण लिनुनहुने बताएका छ्न्। उनले नेपालमा बिआरआई योजना संचालनका लागि चीन सरकारले अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०७:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend