आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशांकको साथ    

संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशांकको साथ    

  • मिडिया डबली
  • मंगलवार, पौष ५ २०७९

  • 2.2K
    SHARES

  • संसदीय दलमा देउवालाई पौडेल, सिंह, निधि र शशांकको साथ    

    काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्।     
         
    एक वर्ष अघि भएको पार्टीको १४औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन्। 

    साथै, वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छ्न्।
         
    यता, कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा शशांक कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन्। उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका थिए।

    उनीहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे।

    ‘सभापित देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ। उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ। संसदीय दलको अंक गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ’, उनले भने।

    कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ। दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। 

    थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रदीप पौडेल लगायतको साथ रहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १४ २०७९०९:००:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend