आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्री बन्न खोजेका रामचन्द्रलाई देउवाको रातो झन्डा

प्रधानमन्त्री बन्न खोजेका रामचन्द्रलाई देउवाको रातो झन्डा

  • मिडिया डबली
  • बिहिवार, मंसिर २९ २०७९

  • 5.5K
    SHARES

  • प्रधानमन्त्री बन्न खोजेका रामचन्द्रलाई देउवाको रातो झन्डा

    काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक प्रधानमन्त्री बन्न निकै जोडबल गरिरहेका छन् ।

    त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावका बेला तनहुँ पुगेरै अबको प्रधानमन्त्री रामचन्द्रजी बन्नसक्नु हुन्छ भनेर भाषण गरिदिएपछि त पौडेलको महत्वाकांक्षा एक्कासि चुलिएको थियो ।

    एकीकृत समाजवादीका नेता किसान श्रेष्ठलाई बारा पठाएर तनहुँबाट चुनाव लडेका पौडेलले सहज ढंगले चुनाव जिते । अहिले उनी प्रधानमन्त्री बन्नका लागि दौडधूप गरिरहेका छन् । पार्टीका सांसद र अन्य दलका शीर्ष नेतासँग पनि उनको परामर्श जारी छ ।

    यसैक्रममा पौडेलले आफूलाई प्रधानमन्त्री पदका सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कांग्रेसमा नेता पौडेलले संसदीय दलको नेतामा सहयोग गर्न देउवासँग आग्रह गरेका हुन् ।

    निर्वाचन सकिएर सबै परिणाम आइसकेकाले चाँडै कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्नेछ । उक्त प्रक्रिया अघि पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न सभापति देउवालाई पौडेलले आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका थिए । उनले पार्टीमा आफूले पनि सभापति देउवाजत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपङ्क्ति र सबैमा राम्रो सन्देश जाने उनको दाबी थियो ।

    तर, सभापति देउवाले भने त्यसबारे छलफल गरेर अघि बढ्ने आश्वासन दिएर फर्काइदिएका थिए । पौडेलले एक वर्षअघि कांग्रेसको महाधिवेशनको दोस्रो चरणको मतदानमा मत हाल्नै नआएर देउवालाई सभापति जिताउन प्रमुख भूमिका खेलेका थिए ।

    पौडेलकै असहयोगका कारण डा. शेखरकोइराला समूहले आफूले सभापतिमा चुनाव हारेको आरोप लगाएका छन् । तर, त्यसबेला सभापति बन्न लगाएको गुनको बदला देउवाले पौडेललाई आश्वासनको पोकोबाहेक केही नदिने भएका छन् ।

    यदि यसपटक देउवाले पौडेललाई कुनै पद ग्यारेन्टी नगरे संसदीय दलको निर्वाचनमा कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन । यदि संस्थापन इतर समूह पहिले जस्तै एकढिक्का भयो भने देउवा पराजित हुन पनि सक्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend