आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको पार्टीमा तनावै तनाव, प्रवक्ताले निकाले यस्तो विज्ञप्ती 

रविको पार्टीमा तनावै तनाव, प्रवक्ताले निकाले यस्तो विज्ञप्ती 

  • मिडिया डबली
  • मंगलवार, मंसिर २७ २०७९

  • 2.9K
    SHARES

  • रविको पार्टीमा तनावै तनाव, प्रवक्ताले निकाले यस्तो विज्ञप्ती 

    काठमाडौं– समानुपातिकबाट निर्वाचित हुने सांसदहरुको छनोटका विषयमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रष्ट पारेको छ। 

    प्रारम्भिक निर्वाचनको मतपरिणामलाई आधार बनाएर निर्वाचन आयोगको नियम, कानुन अनुसार छनोट गरिएको जनाएको छ।

    महासचिव मुकुल ढकालले एक सूचना जारी गर्दै पार्टीभित्रको विवादबारे प्रष्ट पारेका छन्। सूचनामा भनिएको छ, ‘पार्टीद्वारा सञ्चालित प्रारम्भिक निर्वाचनको मत परिणाम, निर्वाचन आयोगको निर्देशन, समानुपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार केन्द्रीय सदस्य महेश्वर घिमिरेले तयार पारेको छनोट प्रतिवेदनका आधारमा उक्त नाम सूची तयार पारिएको हो।’

    प्रतिवेदन समेत सार्वजनिक गर्दै केही केन्द्रीय सदस्यहरुको असहमति भएपनि बहमतले अनुमोदन गरेर पठाइएको उल्लेख छ। रास्वपाले समानुपातिकमा १३ सिट पाएको थियो। समानुपातिकको प्रारम्भिकमा १२ वटा क्लस्टरमा निर्वाचन भएको थियो। सोही पार्टीका एक सदस्य तथा समानुपातिक उम्मेदवार गणेश कार्कीले उक्त सूचीमा विरोध जनाएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend