आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसमा संसदीय दलको नेता नचुनिएसम्म देशको नयाँ प्रधानमन्त्री को भन्ने अन्योल

कांग्रेसमा संसदीय दलको नेता नचुनिएसम्म देशको नयाँ प्रधानमन्त्री को भन्ने अन्योल

  • मिडिया डबली
  • आइतवार, मंसिर २५ २०७९

  • 6.1K
    SHARES

  • कांग्रेसमा संसदीय दलको नेता नचुनिएसम्म देशको नयाँ प्रधानमन्त्री को भन्ने अन्योल

    काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ ।

    तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् । सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन ।

    गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नो इच्छा जाहेर गरिसकेका छन् ।

    संसदको तेस्रो दललाई अहिले नै प्रधानमन्त्री दिन कोही तयार छैनन् । बरु कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउनेतिर देशको राजनीति अघि बढिरहेको छ । प्रतिनिधिसभामा ८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ ।

    उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् ।

    संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलको सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हो । अहिलेको अवस्थामा देउवा पुरानै संसदीय दलको नेता हुन् । दलको नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले को बन्छ भन्ने ग्यारेन्टी छैन ।

    यदि देउवा दलको नेता चुनिए पनि जनताले मन नपराउने निश्चित छ । किनभने पाँचपटक प्रधानमन्त्री हुँदा पनि उनले देशका लागि उल्लेख्य काम गरेको देखिन्न । माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ ।

    उसले आफू अनुकूलको सरकार गठनका लागि विकल्प अघि सारेको छ । त्यसैले अहिलेकै गठबन्धनको सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबोलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

    संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन ।

    सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ । आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् ।

    तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ ।

    जुन जुटाउन ओलीलाई निकै कठिन छ । माओवादी, एकीकृत समाजवादी, राप्रपा र जसपालाई साथ लिए मात्र ‌ओली प्रधानमन्त्री बन्न सक्छन् । तर त्यो विकल्प सजिलो भने होइन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend