आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ सरकार कहिले गठन हुन्छ? यस्तो छ गृहमन्त्रीको जवाफ 

नयाँ सरकार कहिले गठन हुन्छ? यस्तो छ गृहमन्त्रीको जवाफ 

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २३ २०७९

  • 3.5K
    SHARES

  • नयाँ सरकार कहिले गठन हुन्छ? यस्तो छ गृहमन्त्रीको जवाफ 

    काठमाडौं–  गृहमन्त्री बालकृष्ण खाणले अहिले सरकारमा रहेका दलहरूकै गठबन्धनमा अब छिट्टै सरकार गठन हुने बताएका छन्।

    शुक्रबार भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले अब पनि अहिले सरकारमा रहेका दलहरूको गठबन्धनमा सरकार गठन हुने बताएका हुन्।

    खाणले अब बन्ने नयाँ सरकारले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्ने दाबी गरे। सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई चलायमान बनाउने र उद्योगी–व्यवसायीको संरक्षण गर्ने रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उद्योगी–व्यवसायी राष्ट्रको मेरुदण्ड भएकोले उद्योगी व्यवसायीका सवालमा सरकारले सधैं सकारात्मक सहयोग गर्ने बताए।

    जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर भैरहवामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सकिने भन्दै गृहमन्त्री खाणले राति १२ बजेसम्म सञ्चालन हुने रेष्टुरेन्ट, भोजनघर लगायतका व्यवसायको लागि भने कुनै पनि स्वीकृति लिन आवश्यक नपर्ने बताए।

    ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै अब रात्रिकालीन व्यवसाय सञ्चालन गर्नु अनिवार्य छ, व्यवसाय प्रवर्द्धनका लागि प्रहरी प्रशासनबाट हस्तक्षेप नगरी सहयोग हुनेछ,’ खाणले भने।

    गृहमन्त्री खाणले भैरहवामा मेला महोत्सवको लागि स्थान अभाव भएको भन्दै सिद्धार्थ मण्डपको लागि सिद्धार्थनगर नगरपालिकाले जग्गा व्यस्थापन गरे सरकारले बजेट विनियोजन गर्ने बताए। यस्तै, भैरहवामा सिद्धार्थ चक्रपथको निर्माणको योजनालाई छिट्टै अगाडि बढाइने पनि खाणले बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १० २०७९१०:३२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend