चितवन । गृहमन्त्री बालकृष्ण सशस्त्र प्रहरीले पानीजन्य विपद् उद्वारका लागि तयार गरेको जनशक्ति तथा अन्य विपद् उद्वार कार्य सदैव प्रशंसनीय रहेको बताएका छन्।
खाँणले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. २ गोताखोर तालिमको समापन गर्दै यस्तो बताएका हुन्। उनले विपद् व्यवस्थापनका लागि आवश्यक साधन श्रोत, तालिम र सेवा सुविधा बढाउन गृहमन्त्रालय सकारात्मक रहेको बताउँदै विपद्को समयमा पूर्व तयारी र विपद् पछि खोजी र उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल सदैव तयारी हालतमा रहन निर्देशन समेत दिए।
गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताउँदै यस्ता कार्यको लागि नेपाल सरकार र गृहमन्त्रालको तर्फबाट निरन्तर सहयोग र सहजिकरण हुने बताएका थिए। उनले विपद् जोखिम न्यूनिकरण तथा आपद् विपदमा परेका नागरिकहरुको उद्वार कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनिय रहेको बताउँदै गोताखोर जस्तो जोखिम तालिम गराउनको लागि सहयोग पु¥याउनुहुने दातृनिकाय, विदेशी प्रशिक्षक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सरोकारवाला निकायहरुलाई धन्यवाद समेत दिए।
उनले तालिमा प्रथम हुन सफल भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार समेत प्रदान गरे। यस्तै खाँडले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तर्फबाट उपलब्ध गराइको ९७ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका विपद् उद्वार सामाग्री समेत हस्तान्तरण समेत गरे। उनले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन ग गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।