आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीलाई चक्मा दिन गृहमन्त्रीले थाले यस्तो अभियान, एक राजनीतिक भेटघाटले उथलपुथल  

ओलीलाई चक्मा दिन गृहमन्त्रीले थाले यस्तो अभियान, एक राजनीतिक भेटघाटले उथलपुथल  

  • मिडिया डबली
  • शनिवार, जेठ २१ २०७९

  • 3.6K
    SHARES

  • ओलीलाई चक्मा दिन गृहमन्त्रीले थाले यस्तो अभियान, एक राजनीतिक भेटघाटले उथलपुथल  

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। गृहमन्त्री खाण पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।

    प्रचण्डसँगको भेटका क्रममा गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे छलफल गरेको बताइएको छ। यससँगै संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्‍न विधेयकबारे छलफल भएको मन्त्री खाणको सचिवालयले जनाएको छ। 

    सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिरहेको भन्दै मन्त्री खाणले  प्रचण्डसँग परामर्श गरेका थिए।

    यसअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसप्रति औंला ठड्याउँदै ‘कांग्रेसले अहंकार देखाए ठेगान लगाइदिने’ अभिव्यक्ति दिएका थिए। उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्‍न अफर गरेकोसमेत बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि वाम एकताको कुरा चर्चामा आएको हो। तर, नेकपा एमालेका नेताहरुले भने एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०२:४८:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend