आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणले हारे चुनाव, भाइको मागियो राजिनामा  

गृहमन्त्री खाँणले हारे चुनाव, भाइको मागियो राजिनामा  

  • मिडिया डबली
  • बुधवार, मंसिर १४ २०७९

  • 9.8K
    SHARES

  • गृहमन्त्री खाँणले हारे चुनाव, भाइको मागियो राजिनामा  

    काठमाडौं– ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा धेरै सिट जितेको नेपाली कांग्रेस रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा पराजित भएको छ। निर्वाचनमा पराजित भएपछि रुपन्देही कांग्रेसका विभिन्न समितिमा आबद्ध कार्यकर्ताले हारको जिम्मेवारी लिँदै जिल्ला नेतृत्वको राजीनामा मागेका हुन्।

    यसअघि २०७४ मा वाम गठबन्धनविरुद्ध राप्रपासँग तालमेल गर्दा पनि ४ र ५ मा विजयी कांग्रेस विजयी भएको थियो। तर यस पटक गठबन्धन गर्दासमेत रुपन्देहीमा एक सिटसमेत नजितेपछि कांग्रेस कार्यकर्ताले जिल्ला नेतृत्वले  राजीनामा दिनुपर्ने माग गरेका छन्। गृहमन्त्री खाण पराजित भएपछि उनी निकट कांग्रेस कार्यकर्ताले पार्टीभित्र अन्तरघात भएको दाबी गरेका छन्। तर खाणविरोधी कांग्रेस कार्यकर्ताले भने पार्टीभित्र विवाद सिर्जना गर्न यस्तो हौवा फैलाइएको भन्दै प्रतिरोध गरेका छन्। 

    बुधबार कांग्रेसका विभिन्न समितिमा आबद्ध व्यक्तिले विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सर्त अगाडि सारेका छन्।

    कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधि खगेन्द्र रिजाल, रत्नबहादुर पौडेललगायतले विज्ञप्ति निकाल्दै पार्टीभित्र अन्तर्घात गरिएको भन्ने आरोपको खण्डन गरेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १० २०७९१०:३२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend