काठमाडौं– प्रतिनिधि सभा सदस्यमा उदयपुर–१ बाट कांग्रेस उम्मेदवार डा नारायण खड्काको जित निश्चित भएको छ।
परराष्ट्र मन्त्रीसमेत रहेका डा खड्का र निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीबीचको मतान्तर गन्न बाँकी मत भन्दा कम भएपछि डा खड्काको जित निश्चित भएको हो।
उदयपुर–१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।
हालसम्मको गणनामा डा खड्काले ३० हजार ४६ मत ल्याउँदा चौधरीले २७ हजार ८९६ मत पाएकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।