बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

परराष्ट्रमन्त्री जाने भए युके, यस्तो छ कारण 

परराष्ट्रमन्त्री जाने भए युके, यस्तो छ कारण 

  • मिडिया डबली
  • बुधवार, भाद्र २९ २०७९

  • 3.6K
    SHARES

  • परराष्ट्रमन्त्री जाने भए युके, यस्तो छ कारण 

    काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्का महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीका अनुसार नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री खड्का बेलायत जाने भएका हुन् ।

    उनको अन्त्येष्टिमा संसारका विभिन्न देशका सरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्। अमेरिकी राष्ट्रपति जे बाइडेन, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, भुटानी राजालगायत महारानीको अन्त्येष्टिमा भाग लिन बेलायत जाने बताइएको छ।

    ७० वर्षसम्म शासन सम्हालेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो। बेलायतकी महारानी  एलिजाबेथ दुई पटक नेपाल भ्रमणमा आएकी थिइन् भने उनको निधनमा नेपालले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर १३ २०७९०७:०७:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend