आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछाने पनि बालेन पथमै, गरे यस्तो घोषणा

रवि लामिछाने पनि बालेन पथमै, गरे यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, मंसिर ११ २०७९

  • 6.4K
    SHARES

  • रवि लामिछाने पनि बालेन पथमै, गरे यस्तो घोषणा

    काठमाडौं - गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि बालेन्द्र साह बालेनले अन्तर्वार्ता दिन कुनै युट्युब र मिडिया बाँकी राखेनन् ।

    आफ्नो कुरा जनतासँग राख्न उनले मिडिया र युट्युबको सहारा लिएका थिए । उनी आफ्नो उद्देश्यमा सफल पनि भए । काठमाडौं महानरपालिकावासीले अत्यधिक मत दिएर बालेनलाई मेयरमा जिताए । तर जब उनी मेयरको कुर्सीमा बसे, तबतब मिडियासँग टाढिँदै गएका छन् ।

    अब उनी आफ्नो काम कसैलाई थाहै नदिई गर्न चाहन्छन् । त्यही भएर मेयर जितेदेखि बालेनले कुनै मिडिया र युट्युबलाई अन्तर्वार्ता दिएका छैनन् । हिजो उनको प्रशंसा गाउने युट्युबे र मिडिया उनीसँग टाढिँदै गएका छन् । बालेनले अबको चार वर्षसम्म मिडियालाई अन्तर्वार्ता नदिने नीति बनाएको उनी निकट स्रोत बताउँछ ।

    अहिले चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि बालेनकै शैली पछ्याएका छन् । निर्वाचन जितेलगत्तै उनले पनि अबको पाँच वर्ष आफूले मिडियामा अन्तर्वार्ता नदिने, केही कुरा बुझ्न चाहे पार्टी प्रवक्तालाई सोध्न भनेका छन् ।

    चुनावअघि रविले अन्तर्वार्ता दिन कुनै युट्युब र मिडिया बाँकी राखेनन् । आफैं पूर्वसञ्चारकर्मी भएकाले उनले सबै प्रयोग गरे । तर, जब सांसदको कुर्सीमा पुगे, तब उनलाई पनि मिडिया नचाहिने भयो ।

    हिजो न्युज २४ मा सिधा प्रश्न चलाउँदा आफूलाई अन्तर्वार्ता नदिएको भन्दै नेता, कर्मचारी, प्रहरी, वकिल, व्यापारी सबैको झाँको झार्ने रवि अहिले मिडिया नै नचाहिने निष्कर्षमा किन यति छिट्टै पुगे ? भन्ने रहस्य अर्कै छ ।

    काठमाडौंका मेयर र रवि लामिछाने दुवै सेयर दलालहरूबाट परिचालित व्यक्ति हुन् । नेपालका धुरन्धर सेयर खेलाडीकै लगानीमा बालेन र रविको उदय भएको हो । अहिले चितवन १ बाट ्रविको पार्टीबाट जितेका हरि ढकाल आफैं सेयर दलाल हुन् ।

    काठमाडौं २ बाट निर्वाचित सोविता गौतमको परिवार र मावली सबै सेयर दलाल हुन् । उनीहरूले नै सोविताको प्रचार गरेका थिए । रविले चितवन २ मा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन र विजयी घोषणा भएको दुवै दिन बालेन चितवन पुगेका थिए ।

    उनी श्रीमती सविना काफ्लेसँगै पुगेका थिए । तर, कहीकतै देखिएनन् । रवि र बालेन दुवैलाई एउटै शक्तिले प्रयोग गरेकाले यी दुवैको उदय र पतन पनि एकैचोटि हुने विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend