बैतडी– प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् ।
बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउदेश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउदेश्यीय परियोजनाको काम आगामी सरकारले सुरू गर्ने प्रतिबद्धता जनाए ।
उनले विकास निर्माणका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवाहरूलाई विजयी गराउन पनि आग्रह गरे ।
कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुुदुरपश्चिमको विकासलाई प्राथमिकता दिने बताए ।
उनले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्तीका लागि पहल गर्ने बताए । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन्, नेपाल–भारत सीमा नदी झुलाघाटमा पक्की पुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताए ।
यही मन्चमा चुनावी आमसभा सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।