काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले विवादमा परेका छन् । जसरी पनि सांसद बन्न भन्दै अभियान छेडेका रविले अन्तिम समयमा आएर चितवन ३ छाडेपछि शुभेच्छुक र पार्टीपंक्तिमा असन्तुष्टि उत्पन्न भएको छ ।
उम्मेदवारी दर्ताको बेलासम्म रविले आफ्ना कार्यकर्तालाई चितवन ३ मा प्रचार प्रसार गर्न खटाएका थिए । तर अन्तिम समयमा आएर उनले चितवन २ बाट उम्मेदवारी छाडे ।
चितवन ३ छाडेर निर्वाचन क्षेत्र २ मा रवि जानु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा २ पुगेपछि राजनीतिमा सेटिङ चलेको सबैले चाल पाएका छन् । रविको निर्णयले चितवनमै पनि तरंग सिर्जना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पनि असन्तुष्ट भएका छन् ।
त्यही असन्तुष्टि मत्थर पार्न रविले चितवन २ मा नयाँ घर पनि किने । तर पनि उनीसँगको आक्रोश मत्थर भएको छैन । रविले आफ्ना ससुरा उद्धव पौड्यालका साथी विक्रम पाण्डेका लागि चितवन ३ छाडेको चर्चा चलेको छ । पाण्डे राप्रपाका उपाध्यक्ष हुन् ।
उद्धव राप्रपाका समानुपातिक उम्मेदवार पनि हुन् । ससुराको दबाब खेप्न नसकेपछि रवि अन्तिम समयमा चितवन ३ छाडेर २ नम्बर क्षेत्रमा पुगेको चितवनमा चर्चा चलेको छ ।
त्यसमा पनि निर्वाचन क्षेत्र बदल्दा दुई करोडको लेनदेन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता नै बताउँछन् । रविले चितवन ३ छाड्नु र भरतपुरमा भव्य बंगला खरिद गर्नुले पक्कै पनि केही न केही लेनदेन भएको हुन सक्ने आशंका गरिएको छ
। यहीबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरीका अध्यक्षसहित चार दर्जनभन्दा बढीले पार्टी छाडेका छन् । उनीहरूले पार्टीमा भ्रष्टाचार मौलाएको भन्दै पार्टी परित्याग गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।