काठमाडौं - गत स्थानीय तहको निर्वाचनमा सर्लाहीका २० मध्ये १२ स्थानीय तहमा नेपाली कांग्रेसले जित हात पारेको थियो ।
पार्टीभित्र अन्तर्घात नभएको भए अझै दुई पालिका कांग्रेसले जित्ने थियो । कांग्रेसको बलियो पकड भए पनि प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनका कारण कांग्रेसको भागमा सर्लाही २ मात्र परेको छ ।
जसकारण सर्लाहीमा धेरै कांग्रेसीमा चिन्ता देखिएको छ । कांग्रेसको भागमा सर्लाही ४ परेको छ । सो निर्वाचन क्षेत्र पनि अहिले चर्चामा छ । कारण कांग्रेसले पहिले जितेका सांसद अमरेशकुमार सिंहलाई टिकट नदिई नागेन्द्र रायलाई दिएपछि चर्चा बढेको हो ।
पार्टीले टिकट नदिएपछि तिल्मिलाएर अमरेश बागी उठेका छन् । कांग्रेस महाधिवेशनका बेला आफ्नै वडाबाट प्रतिनिधि हारेका सिंह टिकटको दावेदार थिए । तर, स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसको जिल्ला कमिटीले कारवाही गरेपछि उनको नाम सिफारिसमै परेन ।
त्यसपछि बागी हालेका हुन् । सर्लाही ४ मा कांग्रेस उम्मेदवार नागेन्द्र राय बलियो देखिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका सिंह कमजोर छन् । उनलाई मतदाताले खासै रेस्पोन्स गरेका छैनन् । सो क्षेत्रमा माओवादीको बागी पनि परेको छ ।
यस्तो रस्साकस्सीको बीचमा अमरेशकुमार सिंहले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटारमा भेटेका छन् ।
कांग्रेस निवर्तमान सांसदसमेत रहेका उनी बिहान सवा सात बजे खुमलटार छिरेका थिए । प्रचण्ड भेट्न लामो समय पाएका सिंह साढे आठको हाराहारीमा त्यहाँबाट बाहिरिएको बताइएको छ । उनले आफूलाई भारतीय संस्थापन पक्षको प्रतिनिधिको रुपमा परिचय दिँदै आएका छन् ।
तर चुनावको प्रचारप्रसारका बेला सिंह किन सर्लाही छाडेर प्रचण्डसँग भेट्न खुमलटार आइपुगे भन्ने चासो उत्पन्न भएको छ । उनले तारन्तार प्रचण्डलाई भेट गरिरहेका छन् ।
सिंह खुमलटारमा धेरै प्रवेश पाउनेभारतीयमध्येका एक हुन् । आगामी निर्वाचनमा लज्जास्पद ढंगले हार्ने भएपछि उनी अहिलेदेखि नै रन्थनिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।