काठमाडौं - सरकारले समयमै मल आयात नगरेका शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द गरेको छ ।
सम्झौताअनुसार भदौ २० गतेसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले ठेक्का रद्द गरी धरौटी रकम जफतको निर्णय गरेको हो । शैलुकङ इन्टरप्राइजेज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् ।
खुमलटारस्थित अधिकारीकै घरमा प्रचण्ड बस्दै आएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालका अनुसार शैलुङको करिब चार करोड ८० लाख र होनिकोको करिब चार करोड ८० लाख रुपैयाँ धरौटी जफत भएको छ ।
शैलुङ र होनिकोले २५–२५ हजार टन युरिया आयात गर्ने ठेक्का पाएका थिए । तर, सरकारले ठेकेदारको धरौटी रकम जफत गर्दैमा किसानले मल पाए त ? गम्भीर प्रश्न हो यो । यसै पनि यस वर्ष किसानले युरिया मल नहालीकनै धान फलाउँदैछन् ।
जसले गर्दा धान उत्पादन स्वाठ्ठै घट्ने देखिएको छ । यदि समयमै मल ल्याउने ठेकेदारको धरौटी जफत गरी अर्कैलाई टेन्डर दिई मल ल्याएर किसानलाई वितरण गरेको भए कृषिमन्त्री भुसालको नाक जोगिन्थ्यो ।
भुसालले आगामी हिउँददेखि मलको अभाव नहुने बताएका छन् । के अब धान हिउँदमै रोप्नुपर्ने हो मन्त्रीज्यू ? जनताले प्रश्न गर्न थालेका छन् ।
मन्त्री भुसालले असोजपछि मल अभाव हुँदैन भन्नुलाई अहिले जनताले लगनपछि पोतेको के काम भन्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।