आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सांसद अमरेश सिंहको राजीनामाले कांग्रेसमा तरङ्ग, बिमलेन्द्र निधिमाथि गम्भीर आरोप (पूर्णपाठ)

सांसद अमरेश सिंहको राजीनामाले कांग्रेसमा तरङ्ग, बिमलेन्द्र निधिमाथि गम्भीर आरोप (पूर्णपाठ)

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 8.3K
    SHARES

  • सांसद अमरेश सिंहको राजीनामाले कांग्रेसमा तरङ्ग, बिमलेन्द्र निधिमाथि गम्भीर आरोप (पूर्णपाठ)

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा गरेका छन् ।

    बुधवार सांसद सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् ।

    पार्टीभित्रको विवादका कारण सिंहले राजीनामा दिएको जनाइएको छ । राजीनामा पत्रमा सांसद सिंहले उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति असन्तुष्टि जनाउँदै गम्भीर आरोप लगाएका छन् ।

    सांसद सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रहेका छन् ।

    ‘मधेशमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु,’ राजीनामा पत्रमा सिंहले लेखेका छन्, ‘मेरो राजीनामालाई एउटा निष्ठावान र जिम्मेवार कार्यकर्ताको बाध्यकारी निर्णयका रूपमा ग्रहण गर्दै तत्काल स्वीकृत गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend