आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मतदातासँग प्रदीपको बाचा : ‘तपाईँको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’

मतदातासँग प्रदीपको बाचा : ‘तपाईँको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १७ २०७९

  • 3.2K
    SHARES

  • मतदातासँग प्रदीपको बाचा : ‘तपाईँको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भिक भएर बोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बिहीबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत वडा नं ५ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

    ‘संसदमा निर्भिक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईँका समस्याहरु निर्भिक भएर बोल्नेछौँ ।’ नेता पौडेलले भने । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ को समग्र विकासको खाका बारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने समेत बताए ।'

    काठमाडौं क्षेत्र नं ५ हेरेपछि सबै देश देखिन्छ ।’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनीक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ ।’ त्यसैगरी काठमाडौं ५ को मात्र नभइ काठमाडौंमा रहेका विद्यालयहरुलाई बुढानिलकण्ठस्तरको बनाइने प्रतिबद्धता व्यक्त गरे ।

    राज्यबाट स्रोत नपाएमा आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयहरुको गुणस्तर बनाउनेमा जोड दिए । ‘यहाँका सबै शिक्षालयहरुलाई बुढानिलकण्ठस्तरको बनाउन सकिन्छ ।’

    उनले भने, ‘राज्यले स्रोत नदिएमा आन्तरिक स्रोत साधनबाट भए पनि काठमाडौं क्षेत्र नं ५ मा रहेका सबै शिक्षालयहरुलाई बुढानिलकण्डस्तरको बनाउन पहल गर्नुपर्छ ।’

    त्यसैगरी देशमा भएको बौद्धिक पलायनको कारण मुलुक निर्माण हुन नसक्ने बताए । त्यस्तै बौद्धिक वर्ग पलायन गरि अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ ।

    एउटा देश जो वौद्धिक नागरिकहरुलाई जोगाएर राख्न सक्दैन । भने त्यो देशको विकास कताबाट हुन्छ ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन ।’ यसअघिका निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका कांग्रेस नेता नरहरि आचार्यको प्रशंसा गर्दै आफू सोही मार्गबाट विकासको काम अघि बढाउने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०७८१२:३१:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend