आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 6.6K
    SHARES

  • संसद विघटनविरुद्ध कांग्रेसको धारणा स्पष्ट छ : प्रदिप पौडेल

    काठमाडौं -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटनका विरुद्ध आन्दोलनमा जाने कुरामा कांग्रेसभित्र अलमल नभएको स्पष्ट पारेका छन्।

    संसद विघटनविरुद्ध कांग्रेसका विभिन्न भातृ संगठनले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न मोरङ पुगेका नेता पौडेलले त्यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाई आन्दोलनमा जाने निर्णय गरेको बताए ।

    केही व्यक्तिहरुले कांग्रेसभित्र आन्दोलनमा जाने कुरामा अलमल रहेको बताएपनि त्यस्तो नभएको बताए । कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको कांग्रेस आन्दोलनको लागि मैदानमा आइसकेको बताए ।

    त्यस्तै संसद विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको बताउँदै लोकतन्त्र र संविधान समेत रहने कि नरहने भन्ने कुरामा आशंका रहेको बताए ।

    “नेपालको राजनीति एउटा गम्भीर मोडमा पुगेको छ । लोकतन्त्र रहन्छकी रहँदैन । यो संविधान रहन्छकी रहँदैन । बर्माको जस्तै फेरि अर्को घटना हुन्छ की, विभिन्न तानाबानाहरु बुनिन्छ की भनेर मान्छेहरुले अनुमान गरिरहेको स्थिती छ ।” 

    त्यस्तै संसद विघटन विरुद्ध कांग्रेसले आन्दोलनलाई निरन्तरता दिनेमा ढुक्क बन्न समेत आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १७ २०७८०९:०७:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend