आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपाका ४५ जना कार्यकर्तालाई कांग्रेस प्रवेश गराउदै पौडेलले दिए प्रशिक्षण

नेकपाका ४५ जना कार्यकर्तालाई कांग्रेस प्रवेश गराउदै पौडेलले दिए प्रशिक्षण

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.8K
    SHARES

  • नेकपाका  ४५  जना कार्यकर्तालाई कांग्रेस प्रवेश गराउदै पौडेलले दिए प्रशिक्षण

    काठमाडौँ-  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सामाजिक दुरि कायम गरी प्रशिक्षण दिएका छन् । तनहुँको व्यास नगरपालिका– ६ सिसाघाटमा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता पौडेलले सामाजिक दुरी कायम गर्दै कार्यकर्तालाई प्रशिक्षण दिएका हुन् ।

    ‘पछिल्लो समय विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण जताततै संक्रमण फैलदै गएको छ । यो महामारीबाट जोगिन पनि भिडभाड गर्नुहुँदैन । सामाजिक दुरी कायम गर्नुपर्छ । त्यसैले कुनै कोठा तथा सभाहलभित्र प्रशिक्षण दिँदा संक्रमणको जोखिम बढ्ने भएकाले सामाजिक दुरी कायम गरी खुल्ला चौरमा प्रशिक्षण गरेका हौं,’ उनले भने ‘खुल्ला चौरमा प्रशिक्षण गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ ।’

    पौडेलले बिहिबार नेकपा परित्याग गरी आएका ४५ जनालाई कांग्रेसमा भित्र्याएका हुन् । नवप्रवेसीलाई फुलमाला र टिका लगाएपछि नेता पौडेलले कांग्रेसलाई थप मजवुद बनाउन युवापिँढी एकजुट हुनुपर्नेमा जोड दिए ।

    देशमा दुई तिहाईको सरकार छ । यो बेलामा जनतालाई राहत दिनुपर्ने हो । तर जनताले सरकार छ भन्ने कतिपनि महसुस गर्न सकेका छ्रैनन् ।

    कोरोनाको संक्रमण देशभर फैलदै गएको तर सरकारले ठोस निर्णय लिन नसकेको उनले आरोप लगाए । ‘बहुमतको सरकार छ, यो बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर जनताको समस्या बुझ्नुपर्ने बेलामा सरकार मौन छ ।

    किसानले मल नपाएर सास्ती खेपिरहेका छन् तर उनीहरुको समस्या समाधानमा सरकार चुकिरहेको छ । किन सरकारले कृषकको समस्या बुझ्दैन, उनले भने ।कांग्रेसले प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भन्ने माग गरेको भएपनि सरकारले अटेर गरेको उनले आरोप लगाए ।

    नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छविलाल विकले दुई तिहाईको सरकारलाई भोट दिएर जिताएपनि जनताको पक्षमा हित हुने काम नगरेकाले पार्टी परित्याग गरेको बताए ।

    नेकपा परित्याग गरि आएकालाई केन्द्रिय सदस्य पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा दोसल्ला, अबिर तथा कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १७ २०७८०९:०७:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend