सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

आजदेखि खुला प्रचार, देउवा डडेल्धुरामा चार दिन बस्ने

आजदेखि खुला प्रचार, देउवा डडेल्धुरामा चार दिन बस्ने

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १७ २०७९

  • 4.6K
    SHARES

  • आजदेखि खुला प्रचार, देउवा डडेल्धुरामा चार दिन बस्ने

    काठमाडौं - आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि खुला प्रचार प्रसार गर्न पाइने भएको छ ।

    निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म खुला प्रचारको समय छुट्याएको छ । त्यसपछि ४८ घन्टा शून्य अवधि हुनेछ । आयोगले १७ दिन खुला प्रचारको समय दिएपछि प्रमुख दलका शीर्ष नेताहरू चुनावी दौडाहामा लागेका छन् ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २० कात्तिकसम्म निर्वाचन क्षेत्रकेन्द्रित चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार उनी चार दिन निर्वाचन क्षेत्रकै कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि बुधबारै कैलालीको धनगढी पुगेका छन् । उनी बिहीबार डडेल्धुरा उक्लिने कार्यक्रम छ ।

    प्रधानमन्त्री देउवाले १७ कात्तिकमा अमरगढी नगरपालिका, १८ कात्तिकमा नवदुर्गा गाउँपालिका, १९ कात्तिकमा अजयमेरू र २० कात्तिकमा आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    खुला प्रचारको पहिलो चरणमा पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरू आ–आफ्नो पार्टीले गर्ने चुनावी सभामा सहभागी हुनुका साथै मतदाता भेटघाट गर्दै छन् ।

    गृहजिल्ला डडेल्धुराका चुनावी सभामा सहभागी भएर फर्किएपछि गठबन्धनको बैठक बसेर संयुक्त सभा वा संयुक्त प्रकृतिका दोस्रो चरणका चुनावी कार्यक्रम तय गर्ने तयारी रहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक परियारले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend