आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेको पार्टीले देखायो जात्रा, चौतर्फी व्यंग्य 

रवि लामिछानेको पार्टीले देखायो जात्रा, चौतर्फी व्यंग्य 

  • मिडिया डबली
  • आइतवार, कार्तिक ६ २०७९

  • 3.8K
    SHARES

  • रवि लामिछानेको पार्टीले देखायो जात्रा, चौतर्फी व्यंग्य 

    काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ ।

    दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२ (१) बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    रास्वपाको विधानको धारा ७२९१० मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।

    दलको नेता छान्न हुने मतदानमा मतदाता चाहिँ पार्टीको सम्पूर्ण साधारण सदस्य हुने भनिएको छ । रास्वपाले अहिलेसम्म पार्टी सदस्यता वितरण गरेको छैन । पार्टीको वेबसाइट, मोबाइल एपमा दर्ता भएका र अफलाइन सबै गरेर २ लाख हारहारी व्यक्ति दर्ता भएको र उनीहरुले मत दिने छन् ।

    रास्वपाले समानुपातिक पद्धतिको बन्द सूचीमा ११० जनाको नाम बुझाएको छ भने प्रत्यक्षतर्फ १३० क्षेत्रमा उम्मेदवार उठाएको छ । उनीहरुमध्ये प्रत्यक्षतर्फ को विजयी हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ भने समानुपातिकतर्फ सांसद हुन देशभर खसेको मतको न्यूनतम मत ९थ्रेस होल्ड० कटाउनुपर्ने हुन्छ ।

    अहिलेको अवस्थामा रास्वपाबाट सांसद हुने वा नहुने टुंगो छैन । तर दलको नेता भने छान्ने प्रक्रिया सुरु भइसकेको छ । रास्वपाका प्रेस संयोजक गणेश कार्की भन्छन्, ‘हाम्रो सरकार बन्ने अवस्था आयो भने प्रधानमन्त्री को हुन्छ भनेर जनतालाई  थाहा होस् भनेर प्राइमरी गर्न खोजेका हौं, यो हाम्रो पार्टी विधानकै व्यवस्था हो ।’

    यदि अहिले दलको नेता चुनिएका व्यक्ति प्रत्यक्ष चुनावमा पराजित भए वा समानुपातिकबाट छनोट नभए दलको नेता छनोटका लागि फेरि निर्वाचन गर्ने विधानमा उल्लेख छ । अहिलेसम्म दलका अध्यक्ष रवि लामिछाने मात्र संसदीय दलको नेताका आकांक्षी देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend