आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणले गरेको एक घोषणाले भैरहवामा खुसियाली, चौतर्फी प्रशंशा 

गृहमन्त्री खाँणले गरेको एक घोषणाले भैरहवामा खुसियाली, चौतर्फी प्रशंशा 

  • मिडिया डबली
  • शनिवार, आश्विन २९ २०७९

  • 3.0K
    SHARES

  • गृहमन्त्री खाँणले गरेको एक घोषणाले भैरहवामा खुसियाली, चौतर्फी प्रशंशा 

    भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्।

    उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन्।

    रुपन्देही–३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए।

    ‘स्थानीयले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौंदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुपर्छ,’, उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनु हुँदैन।’

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य गृहमन्त्री खाँणले विमानस्थल यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयलाई जोडेर आत्मनिर्भर र रोजगार बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए।

    अर्को प्रसंगमा उनले मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नुपर्ने बताए। खाँणले सरकारले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिने जनाउँदै ढुक्क भएर मुलुकको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १० २०७९१०:३२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend