काठमाडौं– पूर्वसञ्चारकर्मी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मनोनयन दर्तापछि गुमनाम छन् । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गर्दा ठूलो तामझाम देखाएका लामिछानेले अन्तिम दिन मात्र चितवन २ बाट उम्मेदवारी दर्ता गराए ।
यसअघि देशभर भेला गरेर हिँडेका लामिछानेले आफू चितवन ३ बाट उठ्ने बताउँदै आएका थिए । किनकि चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने तयारी थियो । रवि चितवन ३ मा आउने सुइँको पाएपछि प्रचण्डले कहाँबाट उम्मेदवारी दिने भन्ने कतै खुलाएनन् । मनोनयन दर्ताको तीन दिनअघि मात्र प्रचण्डले गोरखा २ बाट उठ्ने निर्णय गरे । त्यसपछि रवि लामिछानेको प्रचण्डसँग चुनाव लड्ने सपनामा तुषरापात लाग्यो । किनभने उनले पहिले नै प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट उठ्ने भित्री तयारी गरेका थिए ।
चितवन ३ छाडेर प्रचण्ड गोरखा २ तिर हानिएपछि रवि असमञ्जसमा परे । चितवन ३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पनि उम्मेदवार छन् । प्रचण्ड गोरखा लागेलगत्तै रविमाथि ससुरा उद्धव पौड्यालको ठूलै दबाब प¥यो चितवन ३ मा नउठ्न । चितवन ३ का अधिकांश मतदाता भरतपुर महानगरपालिकाका छन् । त्यही भएर सहरी मतदातालाई प्रभावित पार्न सकिनेमा रवि विश्वस्त थिए । तर ससुराकै कारण रवि चितवन ३ छाडेर चितवन २ मा उम्मेदवारी दर्ता गर्न बाध्य भएको स्रोतले बतायो ।
विक्रम पाण्डे उद्धव पौड्यालका साथी हुन् । दुवै एउटै पार्टीमा छन् । सोही कारण रवि उठ्दा आफूलाई अप्ठेरो पर्ने पाण्डेले बताएपछि पौड्यालले निर्वाचन क्षेत्र रविलाई सुझाव दिएको बुझिएको छ । रविले निर्वाचन क्षेत्र परिवर्तन गरेसँगै अहिले चितवनमा उनीमाथि आक्रोश बढेको छ । जसकारण उनको राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने समानुपातिक मत पनि प्रभावित हुने बताइन्छ । किनकि राष्ट्रिय पार्टी बन्न एक प्रत्यक्ष निर्वाचित सांसद र ३ प्रतिशत थ्रेस होल्ड कटाउनै पर्ने बाध्यता छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।