काठमाडौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यसपटक संसदीय अभ्यासमा सहभागी भएनन् । गोरखा २ बाट निर्वाचन लड्ने बताउँदै आएका बाबुरामले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र सुम्पिए ।
कतिसम्म भने बाबुरामले माओवादीलाई रेड स्टिकर टाँसेको घर भन्थे । प्रचण्डले बुढीगण्डकी आयोजनामा नौ अर्ब कमिसन खाएको आरोप लगाउँथे । तर, अहिले बाबुराम र प्रचण्डको घाँटी जोडिएको छ ।
बाबुरामले जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी खोलेका छन् । तर उनले आफ्नो पार्टीबाट उम्मेदवार बन्ने इच्छा देखाएनन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर युवा पुस्तालाई अघि बढाउन खोजेको दलील पेस गरे ।
आफ्नो पार्टीको चुनाव चिन्ह नभई माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा छोरीलाई उठाएका छन् । आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उठाएका बाबुरामले भाइबुहारीलाई समानुपातिक बन्दसूचीमा राखेको खुलेको छ । माओवादीसँगको तालेमल गर्दा नेसपाले दुई प्रतिनिधिसभा र चार प्रदेश सभाको सिट पाएको छ ।
यस्तै, समानुपातिकतर्फ बाबुरामको पार्टीले चारजना पाएको छ । जसमा उनले आफ्नै भाइबुहारी दुर्गादेवी भट्टराईलाई समानुपातिक सूचीमा राखेका छन् । दुर्गादेवी बाबुरामका भाइ शिव भट्टराईकी श्रीमती हुन् ।
उनलाई गोरखाबाट समानुपातिक बन्दसूचीमा राखिएको छ । छोरीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेवार र भाइबुहारीलाई प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा राखेको खुलासा भएपछि बाबुराम पनि ढोंगी भएको टिप्पणी हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।