काठमाडौं । रातो पासपोर्ट बिक्री गर्ने अभियोगमा कारबाहीमा परेका माओवादी केन्द्रका शिवपुजन रायका कारण सर्लाहीमा सत्तारुढ गठबन्धनमा संकट उत्पन्न भएको छ । मधेस केन्द्रित दल हुँदै माओवादी छिरेका शिवपुजन आफैं उम्मेदवार बन्न पाउँदैनन् । उनलाई निर्वाचन आयोगले ब्ल्याक लिस्टमा राखेको छ ।
रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा उनी कारबाहीमा परेका हुन् । माओवादीले शिवपुजनकी श्रीमती मीना यादवलाई मधेसी महिला क्लस्टरको पहिलो नम्बरमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
आफू उम्मेदवार बन्न नपाएपछि रायले आफ्नी श्रीमतीलाई समानुपातिकमा राख्न लगाएर छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका छन् । जबकि सर्लाही ४ नेपाली कांग्रेसको भागमा परेको छ ।

सो क्षेत्रमा कांग्रेसले नागेन्द्र रायलाई उम्मेदवार बनाएको छ । माओवादीको भोट आफूतिर तान्ने अभिप्रायले रायले छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार उठाएका छन् । सो क्षेत्रमा कुनै पनि हालतमा कांग्रेसलाई जित्न नदिने रणनीति शिवपुजनले अख्तियार गरेपछि कांंग्रेस सर्लाहीमा तरंग सिर्जना भएको छ । यदि माओवादीले बुधबार बिहानसम्म मिना यादवको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नलगाए सर्लाही ३ मा माओवादी उम्मेदवार नरेन्द्र साहलाई सहयोग गर्न नहुने आवाज उठेको छ ।

सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा नेपाली कांग्रेसका नेता नागेन्द्रकुमार राय प्रतिनिधिसभातर्फ तथा ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ। प्रतिनिधिसभा कांग्रेसको भागमा परेपछि दुवै प्रदेशसभा माओवादीले पाउनुपर्नेमा एकमात्र प्रदेश दिएका कारण आफूले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको शिवपुजनले हाकाहाकी बताउने गरेका छन् । उनले माओवादी पार्टीको झण्डा र छोरीले पाउने चुनाव चिन्ह बोकेर चुनावको प्रचारप्रसार गर्ने योजना बनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।