आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कमल थापा राप्रपा र एमाले दुवै पार्टीमा भएपछि भीम रावलले दिए यस्तो चेतावनी

कमल थापा राप्रपा र एमाले दुवै पार्टीमा भएपछि भीम रावलले दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • मंगलवार, आश्विन २५ २०७९

  • 6.3K
    SHARES

  • कमल थापा राप्रपा र एमाले दुवै पार्टीमा भएपछि भीम रावलले दिए यस्तो चेतावनी

    काठमाडौं - नेपालको राजनीतिलाई केही नेताले बिहारको भन्दा पनि घीनलाग्दो बनाएका छन् । विगतमा बिहारमा सत्ता र नेतृत्वमा पुग्नका लागि हुने नहुने जे पनि गरिन्थ्यो ।

    लालु यादवको पतनसँगै बिहारको राजनीति सुध्रिँदै गएको छ । तर नेपालको भने दिनप्रतिदिन बदनाम हुँदै गएको छ । नेपालको राजनीतिलाई विकृत र कुरुप बनाउने पात्रमा कमल थापा पनि पर्छन् ।

    उनी पदविना एकछिन पनि बस्न सक्दैनन् । राप्रपा अध्यक्षमा पराजित भएपछि उनले राप्रपा नेपाल कब्जा गरे र अध्यक्ष बने । सांसद बन्न अहिले त्यही राप्रपा नेपालमाथि पनि घात गरेका छन् ।

    राप्रपा नेपालले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको छ । सो पार्टीका अधिकांश उम्मेदवार ‘तिर’ चुनाव चिन्ह लिएर उठेका छन् भने कमल थापा भने एमालेको सूर्य चुनाव चिन्ह लिएर उठेका छन् ।

    उनले हाकाहाकी चुनाव जित्नकै लागि एमाले रोजेको बताएका छन् । कतिसम्म भने थापा अहिले एमाले पार्टीको कार्यक्रममा सहभागी हुने गरेका छन् । उनले सोमबार मात्रै माओवादीका एक नेतालाई एमाले प्रवेश गराए ।

    एउटा व्यक्ति दुईवटा पार्टीमा क्रियाशील भएपछि एमालेमा बबन्डर मच्चिएको छ । एमाले नेता भीम रावलले कमल थापाको नैतिकतामाथि प्रश्न खडा गरेका छन् । उनले आफ्नो पार्टीभित्र अनैतिकताको नमुना प्रदर्शन भएको टिप्पणी गरेका छन् ।

    अध्यक्ष केपी ओलीका क्रियाकलापसँग असन्तुष्ट रहेका नेता रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिह्नमा चुनाव लड्ने, तर उनको पार्टीका अरु नेताले तीर चिह्नमा चुनाव लड्ने विषयमा धारणा राख्नै यसलाई अनैतिकताको नमुना भनका हुन् ।

    अछामबाट आफ्नो नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस भए पनि टिकट नपाएका रावल यत्तिमै रोकिएका छैनन् । उनले सरकारमा रहिरहने तर तालमेल प्रमुख विपक्षी एमालेसँग गर्ने जनता समाजवादी पार्टीको पनि आलोचना गरेका छन् ।

    उनले निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनुपर्ने अवस्था आइलागेकोमा अचम्म मानेका छन् । उनले एमालेमा के हुन लाग्यो भनेर प्रश्न पनि गरेका छन् ।

    रावलले ट्वीटरमा लेखेका छन्, ‘अनैतिकताको नमुनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने । निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने । के हुन लाग्यो ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २७ २०७७०८:१४:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend