काठमाडौं - कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्यमा असर देखिएपछि राप्रपाका अध्यक्ष कमल थापा अस्पताल भर्ना भए। अस्पतालमा पनि टाउको दुख्ने, ज्वोरो आइरहने, श्वासप्रश्वासमासमेत समस्या देखिएपछि थापालाई आइसीयूमा भर्ना गरेर उपचार थालिएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापा ओम अस्पतालको आइसीयू कक्षमा छन्।
थापाको उपचारको लागि अस्प्तालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डाक्टर विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डाक्टर सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डाक्टर प्रमेश सुन्दर श्रेष्ठलगायतको चिकित्सकहरुको टोली खटिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।