काठमाडौं - विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमै फर्किएकी छन् । यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट विवेकशील साझा पार्टीको तर्फबाट उनी उम्मेदवार बनेकी थिइन्।
त्यसबेला उनले राम्रै मत ल्याएकी थिइन् । श्रेष्ठलाई सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएर स्वागत गरेका छन् । उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै आफू पार्टी प्रवेश गरेको बताइन् ।
चर्चित सञ्चारकर्मीसमेत रहेकी श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राम्रो एक्सपोजर पाएकी छन् ।
कांग्रेस प्रवेश गरेकी श्रेष्ठलाई पार्टीले उचित भूमिका र जिम्मेवारी दिने भएको छ । श्रेष्ठलाई कांग्रेसमा फर्काउन नेता भीमसेनदास प्रधानले विशेष भूमिका निभाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।