शुक्रवार, मंसिर १६ २०७९Dec 02 2022

Logo
images
राजनीतिक बिशेष

कांग्रेसले आज किन गर्दैछ आकस्मिक पत्रकार सम्मेलन ?

कांग्रेसले आज किन गर्दैछ आकस्मिक पत्रकार सम्मेलन ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन ११ २०७९


  • कांग्रेसले आज किन गर्दैछ आकस्मिक पत्रकार सम्मेलन ?
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो ३ बजे पत्रकार आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषयमा केन्द्रित रहने बताइएको छ।

    images
    images
    images

    नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले समानुपातिक बन्दसूची हेरफेर गर्नुपर्नें, ४० प्रतिशत भाग दिनुपर्ने, प्रदेश र प्रतिनिधिसभामा सम्मानजनक स्थान दिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाएका छन्।

    सोमबार इतर समूहका नेताहरूको भेलाले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको सरकारी निवासमा एक घन्टा धर्ना दिनेलगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

    साथै, कांग्रेसले गर्ने चियापान कार्यक्रममा संस्थापन पक्षलाई दबाब दिने, जिल्ला जिल्लामा आन्तरिक भेला गर्नेलगायतका निर्णय गरेका थिए ।

    संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा ९० प्रतिशत आफू निकट नेताको नाम राखेर बुझाएपछि कांग्रेसमा कलह उत्कर्षमा पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend